Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

गठबन्धन सरकारले एसपीपी सम्झौता गर्नसक्ने प्रचण्डको आशंका

गठबन्धन सरकारले एसपीपी सम्झौता गर्नसक्ने प्रचण्डको आशंका

आइतवार , कार्तिक २५, २०८१

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकारले एसपीपी सम्झौता गर्नसक्ने आशंका गरेका छन् ।

मकवानपुरको हेटौंडामा प्रेस सेन्टर नेपालले आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता गर्न सक्ने आशंका गरे।

विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै अध्यक्ष प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘एमसीसीभन्दा अझ गम्भिर प्रकृतिको अर्को चिज छ । एसपीपी भनिन्छ त्यसलाई । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेको छ । यो गम्भिर चिन्ताको विषय छ ।’

यो सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने र आफ्नो कुर्सि बचाउनको निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्न सक्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यस्ता विषयहरुमा जनतालाई सुसूचित गराउने, सतर्क गराउन आवश्यकता रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077