Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रविको पक्राउविरुद्ध पोखरामा आज पनि रास्वपाको प्रदर्शन

रविको पक्राउविरुद्ध पोखरामा आज पनि रास्वपाको प्रदर्शन

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउविरुद्ध पोखरामा आज पनि रास्वपाले प्रदर्शन गरेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा पेस गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते अदालतमा पेस गरिएको थियो ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ । सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077