Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रास्वपालाई लक्षित गर्दै देउवाले भने - कांग्रेसका नेतालाई मुद्दा लाग्दा त हामीले होहल्ला गरेनौं

रास्वपालाई लक्षित गर्दै देउवाले भने - कांग्रेसका नेतालाई मुद्दा लाग्दा त हामीले होहल्ला गरेनौं

आइतवार , कार्तिक २५, २०८१

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेताहरूलाई मुद्दा लाग्दा आफुहरुले कहिल्यै पनि होहल्ला नगरेको बताएका छन् ।

धनगढी विमानस्थलमा बोल्दै सभापति देउवाले रास्वपालाई लक्षित गर्दै यस्तो बताएका हुन् । कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कांग्रेसले कहिल्यै पनि हल्ला नगरेको सभापति देउवाले बताए ।

सभापति देउवाले भने, ‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ । सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

त्यस्तै, सभापति देउवाले पूर्वसहमतिअनुसार कांग्रेस-एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077