Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्धारा अमेरिका र चीनका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्धारा अमेरिका र चीनका लागि राजदूत नियुक्त

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेका हुन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेका हुन् ।

यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदनसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077