Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हुन् : उपसभापति अर्याल

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हुन् : उपसभापति अर्याल

आइतवार , कार्तिक २५, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल 'डिपी'ले जिउँदो रवि लामिछाने रहेसम्म रास्वपाको सभापति परिवर्तन नहुने बताएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पक्राउ विरोधमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन् ।

रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उनै रहने उनको भनाई छ ।

उपसभापति अर्यालले भने, ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसेले पाउँदैन त्यो गौण कुरा हो। उहाँको सभापति पद निरन्तर रहन्छ। उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो। उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ । संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन्। हामी विचलित हुनुहुँदैन।’

उनले प्रदर्शनकारीको संख्या सानो भए पनि त्यसले दिने सन्देश ठूलो हुने बताए।

आन्दोलनको स्वरूप परिवर्तन हुने र सहकारी बचतकर्ताहरू निक्षेप फिर्ता लगायतका विषमा मुद्दा मिल्ने दलहरूसँग छलफल गरेर अघि बढ्ने उपसभापति अर्यालले बताए।

रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन। रास्वपामा उपसभापति दुई जना छन्।

पार्टी सभापतिले तोकेका वा ज्येष्ठ उपसभापतिमध्येबाट कार्यवाहक तोक्ने विधानमा व्यवस्था भए पनि लामिछानेले कार्यवाहक दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077