Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सबै स्थानीय तहमा खबरदारी अभियान चलाउने प्रचण्डको घोषणा

सबै स्थानीय तहमा खबरदारी अभियान चलाउने प्रचण्डको घोषणा

आइतवार , कार्तिक २५, २०८१

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन्।

मकवानपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने बताएका हुन्।

माओवादी सरकार बाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उनले केही कमजोरी सुधार गरेर परिवर्तनका पक्षमा सशक्त ढङ्गबाट अघि बढ्ने बताए।

अध्यक्ष प्रचण्डले देशमा व्याप्त भ्रष्टाचार र व्यथिति अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्ने बताए।

उनले भ्रष्टाचारको मूल कारण भनेको ठूलो धनराशी खर्च गरेर चुनाव जित्नु हो भन्दै त्यसको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा आफूहरूले उठाएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077