Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राष्ट्रपति पौडेल कोप सम्मेलनका लागि अजरबैजान प्रस्थान

राष्ट्रपति पौडेल कोप सम्मेलनका लागि अजरबैजान प्रस्थान

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् ।

अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति पौडेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल आइतबार साँझ उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतका उच्च पदस्थ व्यक्ति पुगेका थिए ।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नेछन् । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077