Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राष्ट्रपति अजरबैजान उडेपछि उपराष्ट्रपतिलाई कार्यभार

राष्ट्रपति अजरबैजान उडेपछि उपराष्ट्रपतिलाई कार्यभार

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमणमा निस्किएपछि उपराष्ट्रपति राम सहाय यादवलाई जिम्मेवारी तोकिएको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम आफ्नो जिम्मेवारी उपराष्ट्रपति यादवलाई दिएका हुन् ।

अब राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपति कार्य सम्पादन गर्ने छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति पौडेल आइतबार साँझ अजरबैजान उडेका छन् ।

आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका उच्च पदस्थ पदाधिकारीले राष्ट्रपति पौडेको बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077