Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनमा गठबन्धन नगर्ने माओवादी केन्द्रको निर्णय

उपनिर्वाचनमा गठबन्धन नगर्ने माओवादी केन्द्रको निर्णय

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको हो ।

बैठकले उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको छ।

आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको माओवादीले जनाएको छ ।

उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ । त्यस्तै, माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।

बैठकले मंसिर मसान्तमा पालिका सम्मेलनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको हो ।

यस्तै पुस २ गते केन्द्रीय समिति बैठक पनि आह्वान गर्ने निर्णय भएको उपाध्यक्ष अग्नि सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077