Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै छ : अग्नि सापकोटा

सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै छ : अग्नि सापकोटा

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै गएको बताएका छन् ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन्। उनले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा सरकार लागेको आरोप लगाए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पार्ने र हटाउने समेतको प्रयास गरिरहे भन्दै उपाध्यक्ष सापकोटाले यस्तो आरोप लगाए ।

उपाध्यक्ष सापकोटाले भने,‘राम्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ । यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ । यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’

उनले संविधान संशोधनको कुरा गरेर कांग्रेस र एमाले सत्तामा गएको तर अहिले फेरि उक्त विषय सेलाएको बताए । उनले संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077