Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बिचौलियासँग कहिल्यै सम्झौता गर्दिनँ : पर्यटनमन्त्री पाण्डे

बिचौलियासँग कहिल्यै सम्झौता गर्दिनँ : पर्यटनमन्त्री पाण्डे

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले देशमा राजनीतिज्ञभन्दा बिचौलियाहरू शक्तिशाली भएको बताएका छन्।

नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गरे । उनले इमानदार भएर काम गर्न खोज्नेहरूलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताए।

पर्यटनमन्त्री पाण्डेले भने,'पहिला राजनीति गर्ने व्यक्तिहरू बलियो हुन्थे। अहिले स्वार्थ समूह शक्तिशाली भएको देखिरहेको छु। मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने,मेरो मनोवल, आत्मबलाई गिराउने गरी काम गरिरहेका छन् ।'

उनले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले आफूलाई मानमर्दन गरेको दाबी गरे।

उनले राजनीतिक भित्र विकृति विसंगतीका मतियारहरूले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अपवाह फैलाइएको भन्दै आक्रोस व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077