Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपाले कानुन विपरीत नियोजितरूपमै गतिविधि गरिरहेको छ : शंकर पोखरेल

रास्वपाले कानुन विपरीत नियोजितरूपमै गतिविधि गरिरहेको छ : शंकर पोखरेल

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले कानुनी राज्यको उपहास गरिरहेको बताएका छन्।

काठमाडौंमा गर्न लागेको मंसिर ७ को जागरणसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेको विषयलाई लिएर रास्वपाले नियोजित रूपमै गतिविधि गरिरहेको पोखरेलको आरोप छ।

महासचिव पोखरेलले भने,'रवि लामिछानेको पक्राउलाई लिएर जस्तो खालको गतिविधि भइरहेका छन्, त्यो कानुनी राजको दृष्टिकोणले उपयुक्त होइन। यो कुरा जोकोहीले पनि भन्न सक्छन् । आवेगमा कहिलेकाहीँ हुनसक्छ। तर, निरन्तर रूपमा योजना बनाएर गतिविधि गर्नु उचित कुरा होइन।'

सहकारीसम्बन्धी संसदीय समितिले गोरखा मिडियामा आएको सहकारीको रकम अपचलनमा रवि लामिछानेको पनि भूमिका रहेको भन्दै छानबिन गर्न सिफारिस गरेको थियो।

त्यसलगत्तै कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। लामिछानेलाई हिरासतमा राखेर कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077