Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसविरुद्ध लामो दूरीका हतियार प्रयोग गर्न अमेरिकाले दियो युक्रेनलाई अनुमति

रुसविरुद्ध लामो दूरीका हतियार प्रयोग गर्न अमेरिकाले दियो युक्रेनलाई अनुमति

सोमवार , मंसिर ३, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका हतियार प्रयोग गर्न अनुमति दिएका छन्।

बाइडेन प्रशासनले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले धेरै अघिदेखि रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए।

तर त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्नसक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्।

युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न तयारी गरिरहेका रूसी-उत्तर कोरियाली सैनिक र उनीहरूले प्रयोग गर्ने हतियारको भण्डार स्थल लगायत ठाउँमा ती हतियार प्रयोग गरिने बताइएको छ ।

यी हतियारले ३७५ पाउण्डसम्मको बम १९० माइल टाढासम्म प्रहार गर्न सक्छन्। अमेरिकाले पहिल्यै दिएको हाइमार्स हतियारको लन्चर र त्यो भन्दा पुराना बेलायती र जर्मन एम२७० लन्चरले समेत यिनलाई प्रहार गर्न मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077