Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेडिसिटी अस्पतालमा मृत्यु भएका सुब्बाको शव आफन्तले बुझे

मेडिसिटी अस्पतालमा मृत्यु भएका सुब्बाको शव आफन्तले बुझे

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि मृत्यु भएका सरोज सुब्बा (लिम्बु) को शव आफन्तले बुझेका छन् ।

लिम्बुका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए ।

तर अस्पतालले उपचारको क्रममा कुनै त्रुटि नभएको भन्दै पन्छिएपछि लिम्बुका बहिनी ज्वाईं कुमार राईले शव छैटौं दिनमा बुझेका हुन् । उनको शव इलाम घर नै लैजान लागिएको बताइएको छ ।

६ असोजमा प्रत्यारोपण भएका लिम्बुको केही हप्तामा मिर्गौला जोड्ने नली फुटेको थियो । त्यसपछि चिकित्सकले प्रत्यारोपण गरेको मिर्गौलालाई निकालेका थिए ।

तर पछि स्वास्थ्य समस्या भई संक्रमण पेटभरी फैलिएको थियो । मेडिसिटी अस्पतालमा थप उपचारको क्रममा मंसिर १ मा लिम्बुको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077