Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले निजामती सेवाबाट दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्यालले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

गएको आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनी राजीनामा दिएर फर्किएका थिए।

भ्रष्टाचार मुद्दा लागेपछि अर्यालले मुख्यसचिव पद गुमाएका थिए भने अहिले अदालतबाट मुद्दामा सफाइ पाएसँगै उनले सरकारले सिर्जना गरेको विशेष अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।

गत कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077