Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पाकिस्तानमा गुडिरहेका यात्रुबाहक बसमाथि बन्दुकधारीहरुको आक्रमण, ४२ जनाको मृत्यु

पाकिस्तानमा गुडिरहेका यात्रुबाहक बसमाथि बन्दुकधारीहरुको आक्रमण, ४२ जनाको मृत्यु

शुक्रवार , मंसिर ७, २०८१

एजेन्सी । पाकिस्तानमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४२ जनाको मृत्यु भएको छ ।

उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा बन्दुकधारीको आक्रमणबाट ४२ जनाको मृत्यु भएको हो भने १६ जना गम्भीर घाइते छन् ।

अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्थामाथि बन्दुकधारीहरुले आक्रमण गरेको जनाइएको छ।

प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गर्दै आतंककारीलाई कानूनी कठघरामा उभ्याउने बाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077