Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमालेको नेतृत्वका विरुद्धमा अनावश्यक कुप्रचार भइरहेको छ : शंकर पोखरेल

एमालेको नेतृत्वका विरुद्धमा अनावश्यक कुप्रचार भइरहेको छ : शंकर पोखरेल

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले पार्टीविरुद्ध षडयन्त्रपूर्ण कुप्रचारहरु भइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले एमालेको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ भन्दै प्र्रहन गरेका छन्।

महासचिव पोखरेलले एमाले नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कसकाे प्रायोजनमा भइरहेको छ ? भनेर प्रश्न गरे ।

महासचिव पोखरेलले मुलुकमा अस्थिरता सिर्जना गर्ने उद्देश्यले प्रायोजित रूपमा सिर्जना गरेका षडयन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह समेत गरेका छन् ।

उनले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ? भनेका छन् भने विकास र समृद्धिका लागि मेगा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ? भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन् :

-नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?

-के नेकपा(एमाले)ले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?

-नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ,रेल र पानी जहाजको योजना अघिसार्नु ग़लत हो ?

-नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलितपूर्ण ऋण सहायता लिनु के ग़लत हो ?

-नेपाललाई भूपरिवेष्ठित मुलुकवाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चिनसंग व्यापार र पारवाहन संझौता गर्नु गलत हो ?

-के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप वन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु ग़लत हो ?

-के नेपालले भैरहवा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसंग अनुकुल एअररुटको माग गर्नु गलत हो ?

-के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?

-के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु ग़लत हो ?

यदी यसो गर्नु ग़लत लाग्छ भने नेकपा(एमाले)को विरोध जायज हुन सक्छ । होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देउ ।

काम गर्नेलाई हौसला देउ । कमीकमजोरी भए सुझाव देउ । विकल्प भए विकल्प देउ । अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गरौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077