Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बीआरआईबारे कांग्रेस प्रवक्ता महतले भने - यसअघि‍ भएका सम्झौता कार्यान्वयन होस्, ऋण लिन सकिँदैन

बीआरआईबारे कांग्रेस प्रवक्ता महतले भने - यसअघि‍ भएका सम्झौता कार्यान्वयन होस्, ऋण लिन सकिँदैन

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चिनिया परियोजना बीआरआईबारे कांग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारेका छन् ।

कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने बताए ।

प्रवक्ता महतले भने, 'बीआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौं। हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं। चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन। अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ ।'

चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म नयाँ ऋण लिन नहुने प्रवक्ता महतले बताए ।

चिनियाँ सरकारसँग मात्रै नभएर कुनै सरकारसँग ऋण लिने बाटोमा जान नहुने प्रवक्ता महतले बताए । उनले विआरआइ अन्तर्गत नै अनुदान सहयोग दिने आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077