Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कम्बोडियामा ओलीको लगानी प्रमाणित गर्नेलाई त्यसको दोब्बर दान दिन्छौं : शंकर पोखरेल

कम्बोडियामा ओलीको लगानी प्रमाणित गर्नेलाई त्यसको दोब्बर दान दिन्छौं : शंकर पोखरेल

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लगानी प्रमाणित भए त्यसको डबल दान दिने घोषणा गरेका छन् ।

काठमाडौंमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

कम्बोडियामा पार्टी अध्यक्ष ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई लगानी प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।

महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताए ।

एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए । एमाले अध्यक्ष ओलीलाई बदनाम गर्न खोजिएको महासचिव पोखरेलले बताए ।

दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेको आरोपमा प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077