Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रविलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने - आफैँ सहकारी ठगी गर्ने, आफैँ मुख छाड्ने !

रविलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने - आफैँ सहकारी ठगी गर्ने, आफैँ मुख छाड्ने !

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र ठगी सह्य नहुने बताएका छन् ।

दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले कुनैपनि किसिमको भ्रष्टाचार र ठगी सह्य नहुने बताए।

आफू नेतृत्वको सरकार सरकारी ढिलासुस्ती, अकर्मण्यता र उल्झनलाई समाप्त पारेर अघि बढिरहेको भन्दै समाजमा अराजकता र भ्रम फैलाउनेहरूलाई नछोड्ने उनले चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘आफै सहकारी ठगी गर्ने अरुलाई मुख छाड्ने ? गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार र ठगी सह्य हुनेछैन । मानवतस्करी सह्य हुनेछैन । अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन कारबाही गर्छ ।’

रास्वपाका सभापति रवि लामिछानेलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले नीति अघि सार्न नसक्ने तर गाली गर्ने मुख छाड्ने अनि अपशब्द बोल्ने कुरा सह्य नहुने बताए ।

उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077