Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक

उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

शुक्रबार आयोगले वेबसाइटबाट मतपत्रको नमुना सार्वजनिक गरेको हो।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ ।

यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू आयोगले शुक्रबार नै वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर १६ गते ४१ स्थानमा उपनिर्वाचन हुनेछ ।

मतपत्रको नमुना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077