Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बीआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिन्छ : विमलेन्द्र निधि

बीआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिन्छ : विमलेन्द्र निधि

शुक्रवार , मंसिर ७, २०८१

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बीआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग उनले बीआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए ।

“आयोजना अनुदानमा दिइयो भने ठिक छ तर ऋणका रूपमा लिनु हुँदैन । यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौँ,” निधिले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि नै आवश्यक छलफल गरी समझदारीमा पुग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077