Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमालेले भन्यो – बालेन शाह एमालेकाविरुद्ध परिचालित रहेछन्

एमालेले भन्यो – बालेन शाह एमालेकाविरुद्ध परिचालित रहेछन्

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्टण्टवाजीमा केन्द्रीत रहेको आरोप लगाएका छन् ।

काठमाडौँको दरबारमार्गमा पार्टीले कार्यक्रम गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरेपछि एमालेका महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

उनले मेयरको ध्यान सरसफाईमा नभई जरिवानाको स्टण्टवाजीमा केन्द्रीत रहेको बताए । महासचिव शंकर पोखरेलले बालेन एमालेकाविरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिने बताए ।

‘काठमाडौँ महानगरका मेयर वालेन नेकपा एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो’, उनले फेसबुकमा भनेका छन्, ‘अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077