Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजामा इजरायली आक्रमणबाट १९ जनाको मृत्यु

गाजामा इजरायली आक्रमणबाट १९ जनाको मृत्यु

शनिवार , मंसिर ८, २०८१

एजेन्सी । गाजामा शनिबार इजरायली हमलामा कम्तीमा ६ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ ।

त्यहाँको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलका अनुसार गाजापट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु र ४० भन्दा बढी मानिस घाइते भएका हुन् ।

उत्तरी गाजाको जेइतुनस्थित एउटा घरमा आक्रमण गरिँदा तीन बालबालिकासहित सातजनाको मृत्यु र १० व्यक्ति घाइते भएका जनाइएको छ ।

एएफपीटीभीको फुटेजमा मानिसले अन्धकारमा टर्च तथा मोबाइल फोन प्रयोग गरेर भग्नावशेषमा खोजतलास गरिरहेका देखाइएको छ ।

खान युनुस सहरमा गरिएको अर्को आक्रमणमा तीन बालकसहित ६ जनाको मृत्यु र २६ व्यक्ति विस्थापित भएका बासलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077