Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोप-२९ : धनी देशहरुले गरिब देशलाई वर्षेनि तीन सय विलियन डलर दिने

कोप-२९ : धनी देशहरुले गरिब देशलाई वर्षेनि तीन सय विलियन डलर दिने

आइतवार , मंसिर ९, २०८१

एजेन्सी । जलवायु परिवर्तनसँग जुध्न विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वर्षेनी तीन सय विलियन अमेरिकी डलर (नेपाली रुपैयाँ चार सय पाँच खर्बभन्दा बढी) सहयोग गर्ने सहमति गरेका छन् ।

अजरबैजानको बाकु शहरमा भएको विश्व जलवायु सम्मेलन कोप–२९ मा धनी देहरुले सन् २०२५ देखि २०३५ सम्म वर्षेनि तीन सय बिलियन डलरका दरले रकम दिने सहमति गरेका हुन् ।

यसअघि हिजो दुई सय ५० बिलियन डलर मात्रै दिने मस्यौदा सार्वजनिक भएपछि सम्मेलन स्थलमै गरिब देशहरुले प्रदर्शन गरेका थिए ।

गरिब देशहरुको दबाबपछि ३३ घण्टासम्म चलेको वार्तामा धनी देशहरुले तीन सय डलरमा सहमती गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077