Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन

इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन

सोमवार , मंसिर १०, २०८१

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै प्रदर्शन भएको छ । खानको रिहाइको माग गर्दै उनका समर्थकहरूले सोमबार देशव्यापी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरी र खान समर्थक प्रदर्शनकारीबीच झडपहरू भएका छन् । त्यसक्रममा प्रहरीले प्रदर्शनकारविरुद्ध अश्रु ग्यास हान्नुका साथै सयौंलाई पक्राउ गरेको छ ।

इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

इस्लामावादको प्रदर्शन तथा र्‍यालीको नेतृत्व खानकी पत्नी बुशरा बीबीले गरेकी छन् । त्यसक्रममा बीबीले पूर्वप्रधानमन्त्री खानलाई रिहा नगरिएसम्म प्रदर्शन जारी रहने बताएकी छन् ।

देशका विभिन्न स्थानबाट खानका समर्थकहरू भेला हुन थालेपछि अधिकारीहरूले राजधानी जोड्ने राजमार्गहरू अवरुद्ध गरेका छन् । कतिपय क्षेत्रमा मोबाइल र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

खानको पार्टी पाकिस्तान तेहरिक-ए-इस्लाम (पीटीआई) को गढ रहेको खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री अली अमीन गण्डापुरको नेतृत्वको विशाल र्‍याली आइतबार दिउँसो पेशावरबाट इस्लामावादतर्फ अघि बढेको थियो ।

पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार उक्त र्‍याली केही घण्टामा नै इस्लामावाद पुग्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077