Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

मानव तस्करीमा मुछिएका एमाले सांसद अधिकारीविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीमा मुछिएका एमाले सांसद अधिकारीविरुद्ध मुद्दा नचल्ने

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।

नक्कली कागजात बनाएर जापान गएको प्रकरण पक्राउ परेका एमाले सांसद अधिकारीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो ।

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो । अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको छ।

दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077