Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

हिरासतबाट रविको सन्देश - मेराविरुद्ध सिंगो राज्य र केही मिडिया लागेका छन्, भ्रममा नपर्नू

हिरासतबाट रविको सन्देश - मेराविरुद्ध सिंगो राज्य र केही मिडिया लागेका छन्, भ्रममा नपर्नू

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू हिरासतमा रहेको मौकामा सिंगो राज्य र केही मिडियाले भ्रमपूर्ण प्रचार गरिरहेको बताएका छन् । पार्टीका प्रवक्ता मनिष झासँगको भेटमा रविले यस्तो बताएका हुन् ।

रविसँगको भेटबारे झाले समाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, ‘अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेररछेकेर राखिएको छ। यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन। पटकपटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा चिन्तित हुनुहुन्छ।’

साथै रविले जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा दिएको बयानलाई गलत प्रचार गरिएको पनि बताएका छन् । उनले विषयलाई बङ्ग्याएर केही मिडियाहरुले झुटको खेती गरेको आरोप समेत लगाएका छन् ।

‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई/तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ। सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो,’ झाले रविलाई उदृत गर्दै उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077