Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ट्रम्पको घोषणा

चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ट्रम्पको घोषणा

मंगलवार , मंसिर ११, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले जनवरी २९ तारिखमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका हुन् ।

यस्तै चीनबाट हुने आयातमा १० प्रतिशत अतिरिक्त शुल्क लगाइने पनि उनले बताए ।

लागूऔषध, अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई नरोकेसम्म मेक्सिको र क्यानडामाथि लगाइएको कर नहट्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077