Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तोलामा २ हजार ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा २ हजार ६ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ।

अघिल्लो कारोबार दिन प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार ६ सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकिएको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077