Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रास्वपाका नेताविरुद्ध परेको मुद्दा न्यायाधीशद्धय शर्मा र निरौलाको इजलासमा

रास्वपाका नेताविरुद्ध परेको मुद्दा न्यायाधीशद्धय शर्मा र निरौलाको इजलासमा

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा परेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय शर्मा र निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

गोलाबाट तोकिएको पेसी छ नम्बरमा रहेको छ । सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो ।

पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश गरेको थियो । न्यायाधीश विनोद शर्माको इजलासले यही कात्तिक २७ गते पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै सोसम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ ।

निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077