Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन, ६ सुरक्षाकर्मीको मृत्यु

इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन, ६ सुरक्षाकर्मीको मृत्यु

मंगलवार , मंसिर ११, २०८१

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ ।

प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गर्दा चार सैनिक र दुई प्रहरीको मृत्यु भएको हो।

इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन् । यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन् ।

सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन् ।

हिंसामा हालसम्म १०० भन्दा बढी प्रहरी घाइते भएका छन् । अधिकांशको अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इमरान खानको पार्टीले हिंसात्मक प्रदर्शनमा आफ्ना कार्यकर्ता पनि घाइते भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077