Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बीआरआई ऋणमा सम्झौता हुँदैन , अनुदानमा दिए स्वीकार गर्छौं : सञ्चारमन्त्री गुरुङ

बीआरआई ऋणमा सम्झौता हुँदैन , अनुदानमा दिए स्वीकार गर्छौं : सञ्चारमन्त्री गुरुङ

मंगलवार , मंसिर ११, २०८१

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बीआरआईलाई अनुदानको रुपमा लिन सकिने बताएका छन्।

काभ्रेपलाञ्चोकमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीनले अनुदान दिएमा स्वीकार्ने सञ्चारमन्त्री गुरुङले बताए।

सञ्चारमन्त्री गुरुङले भने, ‘हामी जुनसुकै मुलुकबाट ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ ।’

उनले आगामी साता हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने बताए।

सरकार बीआरआई सम्झौता गरिहाल्नपर्छ भन्नेमा सरकार नभएको सञ्चारमन्त्री गुरुङको भनाई छ ।

उनले चीनसँग एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077