Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रवि र रास्वपामाथि चौतर्फी प्रहार भइरहेको छ : मनिष झा

रवि र रास्वपामाथि चौतर्फी प्रहार भइरहेको छ : मनिष झा

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछानेमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टी कार्यवाहक प्रवक्ता झाले यस्तो बताएका हुन् ।

पार्टी सभापति लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा कार्यवाहक प्रवक्ता झाले जवाफ फर्काए ।

उनले आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताए।

कार्यवाहक प्रवक्ता झाले भने, ‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन ।’

उनले सभापति लामिछानेले सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको जिकिर गरे ।

उनले लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साधिएको थप स्पष्ट पारेको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077