Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

धनगढीमा २२ गतेदेखि सुदूरपश्चिम महोत्सव, १५ करोडको कारोबार हुने अनुमान

धनगढीमा २२ गतेदेखि सुदूरपश्चिम महोत्सव, १५ करोडको कारोबार हुने अनुमान

मंगलवार , मंसिर ११, २०८१

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा १८ औ संस्करणको सुदूरपश्चिम महोत्सव हुने भएको छ ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले २२ मंसिरदेखि २ पुससम्म महोत्सवको आयोजना हुने जानकारी गराएका हुन् ।

‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने छ । करिब तीन करोडको लागतमा आयोजना हुने महोत्सव पुस २ गतेसम्म धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने अध्यक्ष कुँवरले जानकारी दिए ।

महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक,सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति बाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुर्नस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

वृहत व्यवसायीक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधिलाई व्यवसायमा जोड्नको लागी प्रदर्शनीमा विशेष जोड दिइएको उनले बताए ।

महोत्सवमा अनुमानित ३ करोडको लगानी हुने दाबी गरिएको छ भने महोत्वसमा उद्योगी व्यवसायको १५ करोड बराबरको कारोवार हुने अनुमान आयोजकले गरेको छ ।

महोत्सवमा कृषि, जडिवुटी, हस्तकला ,फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि ५०० सम्म स्टलहरु रहने संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

उनका अनुसार करिव ९५ प्रतिशत स्टल वुक भइसकेको छ भने महोत्सवको करिव ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरक्षाको दृष्ट्रिकोणले पूर्णरुपमा अत्याधुनिक सिसि क्यामराले निरीक्षण गरिने छ भने निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको बताइएको छ ।

महोत्सव अवलोकनको लागी विद्यार्थीलाई ५० टिकटदर राखिएको छ भने सर्वसाधारणलाई रु। १००, जेष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निशुल्क गरिने संघका अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077