Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसंघले गर्‍यो स्वागत

इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसंघले गर्‍यो स्वागत

बुधवार , मंसिर १२, २०८१

एजेन्सी । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गरे ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजासँगै लेबनानमा पनि तनाब उत्पन्न भएको थियो ।

तर गएराति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेसँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077