Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।

विद्युत प्राधिकरण बोर्ड बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुलीको बक्यौता विवादमा रहेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको हो ।

मंगलबार विद्युत नियमन आयोगले प्राधिकरणलाई पत्र लेख्दै उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको थियो ।

आज बसेको बोर्ड बैठकले उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको हो। नियमन आयोगले विवादमा रहेका उद्योगको मन्त्रिपरिषद्ले गरेको निर्णयअनुरूप बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

मन्त्रालयले गठन गरेको प्राविधिक समितिको अध्ययनबाट विवाद रहेको उद्योगहरूले बढी पैसा तिरेको पाइए पछाडिको बीलमा त्यो समायोजन गर्न पनि प्राधिकरणलाई आयोगले निर्देशन दिएको थियो।

योसँगै अध्ययन प्रतिवेदन नआएसम्म प्राधिकरणले लाइन नकाट्ने भएको छ। यस अगाडि कात्तिक २९ गते प्राधिकरणले एक सूचना जारी गर्दै डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न सूचना निकालेको थियो।

कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले २४ घण्टामा काटिएको लाइन जोड्न, टीओडी मिटरको आधारमा १५ दिनमा बक्यौता उठाउने र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077