Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

३८ अंकले नेप्से बढ्दा ९ अर्ब ३१ करोडको सेयर कारोबार

३८ अंकले नेप्से बढ्दा ९ अर्ब ३१ करोडको सेयर कारोबार

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्से परिसूचक आज पनि ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेको हो।

बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।

१९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । दोहोरो अंकले बढेको सेयर बजारमा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

विशाल बजार,कर्णाली डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक,मानुसी लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077