Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तोलामा तीन सय रुपैयाँले घट्योे सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा तीन सय रुपैयाँले घट्योे सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला ९ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077