Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जलवायु परिवर्तनका कारण भौगोलिक बनावट जोखिमयुक्त हुँदै गएको छ : शहरी विकासमन्त्री सिंह

जलवायु परिवर्तनका कारण भौगोलिक बनावट जोखिमयुक्त हुँदै गएको छ : शहरी विकासमन्त्री सिंह

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनका कारण भौगोलिक बनावट जोखिमयुक्त हुँदै गएको बताएका छन्।

काठमाडौंमा दिगो पूर्वाधारका लागि जियोटेक्निक्स सम्मेलनको उद्घाटन गर्दै शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताए।

उनले जलवायु परिवर्तनको असरका कारण भौगोलिक बनावट जोखिमयुक्त हुँदै गएकाले यसलाई नविनतम प्रविधिद्वारा बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताए।

नेपालको भौगोलिक बनावटका कारण धेरै प्राकृतिक प्रकोपका घटनाहरू भएकाले अब नविनतम जियोटेक्निक्सको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू देखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077