Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेप्सेमा सामान्य अंकको गिरावट, साढे ८ अर्बको सेयर किनबेच

नेप्सेमा सामान्य अंकको गिरावट, साढे ८ अर्बको सेयर किनबेच

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ।

नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा बन्द भएको हो। आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

गत कारोबार दिन अर्थात् बुधबार ९ अर्ब ३१ करोडको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७७ करोड रूपैयाँ कमी आएको हो। आज ३०७ वटा धितोपत्रको एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच भयो।

बिहीबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस दिन विशाल बजार र विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।

यस्तै, मानुषी लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार २४९ रूपैयाँ ३० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077