Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रविको आजको बयान सकियो, आइतबार पनि बयान हुने

रविको आजको बयान सकियो, आइतबार पनि बयान हुने

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा आज ६ घण्टाभन्दा बढी बयान गराइएको हो ।

लामिछानेलाई बयानका लागि बिहान साढे ९ बजे सरकारी वकिल कार्यालय लगिएको थियो।

लामिछानेसँग परिसरका अनुसन्धान अधिकारी डिएसपी हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिएका हुन्। लामिछानेसँग बयान लिने काम करिब आधा सकिएको छ।

दिउँसो साढे तीन बजे सभापति लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा फर्काइएको छ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ ।

२ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।

आज बयान नसकिएपछि उनलाई अब आइतबार पुनः सरकारी वकिल कार्यालयमा लगिने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077