Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एनपिएल खेल्न नेपाल आइपुगे शिखर धवन

एनपिएल खेल्न नेपाल आइपुगे शिखर धवन

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।

शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन्। उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन्।

कर्णालीको पहिलो खेल आगामी सोमबार जनकपुर बोल्टसँग छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077