Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

शिखर धवन भन्छन् - एनपिएल र नेपालका खेलाडीसँग खेल्न उत्साहित छु

शिखर धवन भन्छन् - एनपिएल र नेपालका खेलाडीसँग खेल्न उत्साहित छु

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । भारतीय पूर्व स्टार क्रिकेटर शिखर धवनले एनपिएल र नेपालका खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन् ।

कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न शुक्रबार नेपाल आइपुगेका धवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले आफू नेपाली क्रिकेटरहरूसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । नेपालसँग आफ्नो देशको पुरानो सम्बन्ध रहेको र नेपालमा आफू कहिल्यै नआएकाले एनपीएल खेल्न आफू तयार भएको उनको भनाइ छ ।

उनले एनपीएलमा राम्रो अन्तर्राष्ट्रिय क्रिकेटर खेल्दा र उनीहरूसँग ड्रेसिङ रुम सेयर गर्दा नेपाली खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे ।

३८ वर्षीय बायाँहाते ओपनर धवनले आईपीएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पन्जाब किंग्सबाट खेलिसकेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077