Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपिएल हेर्न टियुका विद्यार्थीलाई ५० प्रतिशत छुट

एनपिएल हेर्न टियुका विद्यार्थीलाई ५० प्रतिशत छुट

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का खेल हेर्न त्रिभुवन विश्वविद्यालय (टीयु)का विद्यार्थीहरूलाई ५० प्रतिशत छुट दिइने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गरेर एनपिएलका सम्पूर्ण खेलमा साधारणतर्फको टिकटमा विश्वविद्यालयका विद्यार्थीहरूलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

'नेपाल क्रिकेट संघद्वारा नेपालको प्रमुख टी-२० प्रतियोगिताको रूपमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजनाबाट समग्र नेपाली क्रिकेटको विकाससँगै नेपाली पर्यटन, अर्थतन्त्र र रोजगारी समेतलाई ठुलो टेवा पुर्‍याउने र उक्त प्रतियोगिताको सम्पूर्ण खेलहरूको स्टार स्पोर्टस टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको हुँदा विश्वभर प्रशारण हुन गई नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट खेल स्थलको रूपमा चिनाउन महत्वपूर्ण सहयोग पुग्न जाने विश्वास यस संघको छ,' क्यानका प्रवक्ता छुम्बी लामाले भनेका छन्, 'प्रतियोगिता अवधिभरका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, किर्तिपुरमा सञ्चालन हुने खेलहरुका लागि यस संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता बमोजिम हालः कायम गरिएको साधारणतर्फको टिकट खरिदमा त्यस विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको लागि ५० प्रतिशत छुट कायम गरिएको छ ।'

नेपाल प्रिमियर लिगको पहिलो संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077