Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीबाट लागुऔषधसहित चारजना पक्राउ

कैलालीबाट लागुऔषधसहित चारजना पक्राउ

शनिवार , मंसिर १५, २०८१

कैलाली । कैलाली प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विभिन्न स्थानबाट खटिएका प्रहरी टोलीहरूले करिब ६ ग्राम लागुऔषध र ३०४ वटा ट्याब्लेटसहित उनीहरुलाई पक्राउ गरेको हो ।

शुक्रबार ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले टिकापुर नगरपालिका-९ खक्रौला क्षेत्रमा शंकास्पद रूपमा भारतबाट नेपालतर्फ आउँदै गरेका विशाल शाहीलाई नियन्त्रणमा लिएको छ ।

शरीर खानतलासी गर्दा, उनले जिन्सको पाइन्टको बाँया खल्तीमा लुकाएको ४.६१० ग्राम खैरो हेरोइन जस्तो लागुऔषध बरामद भएको कैलाली प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय टिकापुरमा राखिएको छ।

यस्तै, मंसिर १४ कै दिन, ईलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको टोलीले गोदावरी नगरपालिका-५, गेटा क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका प्रबिन रानालाई पक्राउ गरेको छ। उनको साथबाट १.३१० ग्राम खैरो हेरोइन बरामद गरिएको छ।

उनलाई थप अनुसन्धानका लागि मालाखेती प्रहरी कार्यालयमा राखिएको छ। यसैगरी लम्कीचुहा नगरपालिका-४ बलिया क्षेत्रमा लागुऔषधको बिक्री वितरण भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले खेमराज जैशी र धिरज चौधरीलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ८० वटा Tramadol, २० वटा Tab Spas Mid र १६ वटा Tab Avil ट्याब्लेट बरामद गरिएको छ। दुवैलाई ईलाका प्रहरी कार्यालय लम्कीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077