Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपिएल : खेल सुरू हुनु एक घण्टा अघि नै त्रिवि मैदान वरपर दर्शकको भिड, रूख समेत भरिभराउ

एनपिएल : खेल सुरू हुनु एक घण्टा अघि नै त्रिवि मैदान वरपर दर्शकको भिड, रूख समेत भरिभराउ

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल) को उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः१५ बजेदेखि सुरु हुँदैछ ।

तर, खेल सुरु हुन एक घण्टा अघि नै त्रिवि मैदान भरिएको छ भने वरपर समेत दर्शकहरुको भीड उत्तिकै बढेको छ । खेल मैदान वरपरका रुखहरुमा समेत दर्शकहरु भरिभराउ देखिएका छन् ।

मध्याह्न सवा १२ बजेबाट जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको खेल सुरू हुनेछ।

कीर्तिपुरमा बिहानैदेखि क्रिकेटप्रेमीहरूको चहलपहल छ। अहिले मैदान प्रवेश हुने क्रम जारी छ।

केही मैदान प्रवेश गरिसकेका छन्। उद्घाटन खेलको टिकट तीन दिनअघि नै सबै बिक्री भइसकेको थियो।

अग्रिम टिकट लिएकाहरू लामबद्ध भएर मैदान प्रवेश गरिरहेका छन्। मैदानमा खेलाडीहरू वार्म अप गरिरहेको देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077