Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल उद्घाटन खेल शुरु, जनकपुर र विराटनगर भिड्दै

एनपीएल उद्घाटन खेल शुरु, जनकपुर र विराटनगर भिड्दै

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेल त्रिवि खेल मैदानमा सुरु भएको छ । पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।

जारी खेलमा जनकपुरले टस जितेको छ । जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रँदै छ भने जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा उत्रँदै छ ।

विराटनगरमा विश्वचर्चित मार्टिन गप्टिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्टनजस्ता खेलाडीहरू छन् ।

त्यसैगरी जनकपुरमा अमेरिकाका मोहमद मोहसिन, लाहिरु मिलान्थाजस्ता खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077