Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चीन भ्रमणको तयारी गर्नु परेकाले आजको खेल हेर्ने मौका पाउन सकिनँ : प्रधानमन्त्री

चीन भ्रमणको तयारी गर्नु परेकाले आजको खेल हेर्ने मौका पाउन सकिनँ : प्रधानमन्त्री

शनिवार , मंसिर १५, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीमा रहनु परेकाले आज हुने नेपाल प्रीमियर लिगको उद्घाटन खेल हेर्ने मौका नपाएको बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको आजको खेल हेर्न नपाउने भएको बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्–‘कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ। हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ,एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन् ।’

ओलीले सबै खेलाडीलाई स्मरण गरेको बताउँदै शुभकामना व्यक्त गरेका छन्। सोमबार बिहान धरहराबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफी अनावरण गरेका थिए। ओलीले क्रिकेट युवा पुस्ताकोको गौरव बनेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077