Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपीएल : जनकपुर बोल्ट्सका ललित राजवंशीले लिए पहिलो विकेट

एनपीएल : जनकपुर बोल्ट्सका ललित राजवंशीले लिए पहिलो विकेट

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललित राजवंशीले पहिलो विकेट लिएका छन्।

उनले खेलको दोस्रो ओभरको पहिलो बलमा लोकेश बमलाई बोल्ड आउट गरेका हुन्। लोकेशले ५ बलमा १ चौकासहित ५ रन बनाए।

खेलमा जनकुपर बोल्ट्सले विराटनगर किङ्ग्स विरुद्ध टस जितेर फिल्डिङ गरेको छ। जनकपुर बोल्ड्सका कप्तान अनिल कुमार शाहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने रहेका छन्।

अहिले विराटनगरका लागि अकिब इल्यास र मार्टिन गप्टिल क्रिजमा रहेका छन्।

नेपाल प्रिमियर लिगको विजेताले १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको टिमले ३० लाख र चौथो स्थानको २० लाख रकम पुरस्कार पाउनेछन्

अहिलेसम्म विराटनगरले ८ ओभरमा २ विकेटको क्षतीमा ५३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077